Pura Samachar

पुस्तक लोकार्पण समारोह

प्रकाशित: November 4, 2021

पुस्तक लोकार्पण समारोह

डा. हरिमोहन पोखरेल

कोहिमा / मणिपुर राज्यका नामी कथाकार देवीप्रसाद थापा ‘मामा’को लघुकथा संग्रह ‘भ्रुण हत्या’ को लोकार्पण भएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार हिजो तीन नोभेम्बरको दिन काङलातोमबी स्थिति अखिल मणिपुर गोर्खा विद्यार्थी सङ्गठनको कार्यालयमा संपन्न भएको सो समारोहमा श्रीमती मीना विष्ट मुख्य अतिथिको रूपमा उपस्थित थिइन भने श्री शिव कुमार बस्नेत सल्लाहकार गोर्खा ज्योति प्रकाशन मणिपुरले
सभा अध्यक्ष थिए साथै विशिष्ट अतिथिको रूपमा क्रमश मणिकुमार लिम्बु, लक्ष्मण विष्ट
तथा लोकबहादूर बस्नेत अध्यक्ष अंतराष्ट्रीय नेपाली संस्कृति परिषद मणिपुर , अध्यक्ष भागोप मणिपुर र पूर्व अध्यक्ष नेसाप मणिपुर रहेका थिए ।
कार्यक्रममा स्वागत भाषण मुक्ति बरालले गरेका थिए भने पुस्तक परिचय साहित्यकार दीपक पंथले प्रस्तुत गरेका थिए ।
अतिथिहरू द्वारा लघुकथा संग्रह भ्रुण हत्याको लोकार्पण गरियो ।तत्पश्चात कथाकार देवीप्रसाद थापा ‘मामाले आफ्नो लेखन अनुभव साझा गरे ।
मुख्य अतिथिको आसनबाट बोल्दै श्रीमती मीना विष्टले भनिन कि भ्रुण हत्या जस्तो जघन्य अपराध गर्नु नै हाम्रो ठूलो पाप हो ।यो जघन्य अपराध गर्ने र गराउने दुवै नै हत्यारा हुन ।आजभोली हाम्रो समाजमा पनि यो कार्य भित्रिएको छ ।यसको रोकथामका लागि कथाकारले एउटा ऐतिहासिक काम गरेका छन ।यस कथाले हाम्रो समाजमा ठूलो संदेश दिने छ ।जसको लागि कथाकारले गरेको यस महान कार्यको सराहना हामीले गर्नुपर्ने हुन्छ ।युवा पीढ़िले अवश्य पनि प्रेरणा पाउने छन ।यसरी नै विशिष्ट अतिथिहरूले पनि कथाकारको सराहना गरेका थिए ।कोविद –19 को प्रोटोकॉल फोलो गर्दै आरंभ भएको सो समारोहमा साहित्य प्रेमीहरूको झीनो उपस्थिति थियो भने जनक पौडेलको धन्यवाद ज्ञापन पश्चात समारोहको समापन भएको थियो ।

प्रतिक्रिया