Pura Samachar

विश्वकपमा सेमिफाइनल प्रवेश गर्ने भारतको आशा जीवितै

प्रकाशित: November 6, 2021

विश्वकपमा सेमिफाइनल प्रवेश गर्ने भारतको आशा जीवितै

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपमा भारतले स्कटल्यान्डलाई ८ विकेटले पराजित गरेको छ ।

शुक्रवार स्कटल्यान्डविरुद्ध जितसँगै  भारतले सेमिफाइनल प्रवेश गर्ने सम्भावना कायमै राखेको छ ।

स्कटल्यान्डले दिएको ८६ रनको झिनो लक्ष्य भारतले ६ ओभर ३ बलमा केवल दुई विकेटको क्षतिमा पुरा गर्दै अन्तिम चारको सम्भावना जिवितै राखेको हो ।

भारतलाई जित दिलाउने क्रममा केएल राहुलले ५० रन रोहित शर्माले ३० रन जोडे ।

स्कटल्यान्डका ब्राड ह्वील र मार्क वाट्टले एक–एक विकेट हात पारे ।

यस अघि ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १७ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर केवल ८५ रन बनाउन सक्यो ।

स्कटल्यान्डका जर्ज मुन्सीले सर्वाधिक २४ रन जोडे । भारतका मोहम्मद सामी र रविन्द्र जडेजाले समान तीन–तीन विकेट हात पारे । जसप्रित बुमराहले दुई तथा रविचन्द्रन आश्विनले एक विकेट लिए ।

जितसँगै भारतले चार खेलबाट चार अंक जोडेको छ । भारतले दुई खेलमा जित र दुई खेलमा पराजय भोगेको छ ।

यस समूहबाट चार खेल जित्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने चारमध्ये तीन खेल जितेको न्यूजिल्यान्ड दोस्रो स्थानमा रहेको छ ।

अफगानिस्तानको पनि चार खेलमा चार अंक छ । तर रनरेटमा भारत अघि छ ।

भारतले आफ्नो अन्तिम खेल नामिविया तथा न्यूजिल्यान्डले अफगानिस्तानको सामना गर्नेछ ।

अब भारतले सेमिफाइनलमा प्रवेशका लागि नामिवियालाई ठूलो अन्तरले पराजित गर्नुपर्छ । साथै अफगानिस्तानले न्यूजिल्यान्डमाथि जित निकाल्नुपर्छ । साथै रनरेट भारतको पक्षमा हुनुपर्नेछ ।

प्रतिक्रिया