Pura Samachar

headline 4

गर्मी सुरु भएसँगै डेंगुको केश पुनः देखिन थाल्यो

गर्मी सुरु भएसँगै डेंगुको केश पुनः देखिन थाल्यो

काठमाडौँ, २० चैत्र । गर्मी सुरु भएसँगै डेंगुको केश पुनः देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष नेपालमा डेंगुको प्रकोप फैलिएपछि हालसम्म डेंगुको केश शून्य भएको छैन । सामान्यतया डेंगुको सङ्क्रमण दर जेठ महिनाबाट बढ्ने गर्छ । तर माघदेखि चैत्र १५ गतेसम्म ३ सय जनामा डेंगु पुष्टि भएको रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहाल बताउँछन् । साढे दुई महिनाको अवधिमा ४५ जिल्लाको ११५ वटा पलिकामा डेंगुको केश देखिएको छ । जसमध्ये काठमाडौँ उपत्यकामा ५० जनामा सङ्क्रमित पुष्टि भएको छ । डेंगुसँग जुध्ने तयारी गर्मी मौसम सुरु भएसँगै डेंगुका केश बढ्न सक्ने भएकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । शाखा प्रमुख दाहालका अनुसार डेंगुका केश बढ्न सक्ने सम्भावना कायमै रहेकाले प्रदेशका स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताललगायत सबै स्वास्थ्य संस्थालाई डेंगु फैलिन नदिन सावधानी अपनाउन निर्देशन दिइसकिएको छ । काठमाडौँ उपत्यकालगायत देशको जहाँ डेंगुको केश देखिएको छ, त्यहाँ ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाउन स्थानीय तहलाई निर्देशन दिइएको उनले बताए । डेंगु सङ्क्रमण हुँदा शरीरमा विभिन्न किसिम लक्षण देखापर्ने गर्छ । जस्तै अधिक ज्वरो आउने, टाउको, आँखा, मांसपेशी र जोर्नीलगायत पुरै शरीर दुख्ने, छालामा रातो दाग आउने, बान्ता हुने लगायतका लक्षणहरू लगातार ४ देखि ६ दिनसम्म देखिन सक्छ । यस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्था जानुपर्छ । नेपालमा दुई दशकदेखि डेंगु सङ्क्रमण नेपालमा डेंगु देखिन थालेको १९ वर्ष भयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाअनुसार यस बीचमा सबैभन्दा बढी २०७९ सालमा मृत्यु तथा सङ्क्रमित भएको छ । यस वर्ष साउन, भदौ, असोज, कार्तिक मङ्सिर सम्ममा ७७ वटै जिल्लामा डेंगु फैलिएको थियो । जसमा ५० जनाको ज्यान गएको थियो भने ४० हजार भन्दा धेरै जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । कीटजन्य शाखाका अनुसार सन् २००४ मा पहिलो पटक एक जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । सन् २००५ मा भने सङ्क्रमण देखिएन । त्यसपछि क्रमशः २००६ देखि २००९ सम्म वर्षेनी सरदर १० देखि ३२ जना सङ्क्रमित भए । सन् २०१० मा सङ्क्रमण दर ह्वात्तै बढेर ९१७ जना सङ्क्रमित भएका थिए । त्यसको ९ वर्षको अवधिमा सङ्क्रमण दर निरन्तर देखिए पनि सन् २०१९ मा डेंगु प्रकोपको रूपमा फैलिएको थियो । त्यस वर्ष १७ हजार ९९२ जना सङ्क्रमित भएका थिए । डेंगुबाट जोगिन यसो गरौँ –पुरा बाहुला भएको लुगा लगाउने । –झुलभित्र मात्र सुत्ने । –घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने । –घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने । –खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने । –गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने । –साँझ, बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा वा पार्कमा जाँदा बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने ।

पुरा पढ्नुहोस »
राष्ट्रपति रामचन्द्र पौडेलकाे स्वास्थ्य सामान्य हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलकाे स्वास्थ्य सामान्य हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अझै पनि अस्पतालमै रहेका छन् । उनी गत शनिबार साँझ पेटमा समस्या आएपछि शिक्षण अस्पताल…

पुरा पढ्नुहोस »
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति घटनाक्रम,…

पुरा पढ्नुहोस »
चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नतिका क्रमप्रत्येक दिन बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सडक बन्द रहने

चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नतिका क्रमप्रत्येक दिन बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सडक बन्द रहने

बागमती । हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीका दुई सडक स्तरोन्नतिका लागि गरिएका छन् । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र…

पुरा पढ्नुहोस »
देशभर कोरोनाका  बिरामीको संख्या उकालो लाग्दै

देशभर कोरोनाका बिरामीको संख्या उकालो लाग्दै

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा थप ४ जना निको भएका छन्।…

पुरा पढ्नुहोस »
नेपाली कांग्रेसका बौद्धिक नेता एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले पार्टी छाडे

नेपाली कांग्रेसका बौद्धिक नेता एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले पार्टी छाडे

काठमाडौं । नेपाली कांग्रेसका बौद्धिक नेता एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले पार्टी छाडेका छन्। उनले कांग्रेसका चार नेतालाई सन्देश पठाउँदै आफूले…

पुरा पढ्नुहोस »
आज रामनवमी पर्ब मनाइँदै

आज रामनवमी पर्ब मनाइँदै

काठमाडौं। जनकपुरधाममा आज रामनवमी मनाइँदै छ। चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाअजा गर्ने…

पुरा पढ्नुहोस »
सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

१५ चैत, काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक आज पनि…

पुरा पढ्नुहोस »
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार गठबन्धनको बैठक बोलाए

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार गठबन्धनको बैठक बोलाए

काठमाडौं। मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार गठबन्धनको बैठक बोलाएका छन्। मंगलबार ४ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीका…

पुरा पढ्नुहोस »
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता

१३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको…

पुरा पढ्नुहोस »