Pura Samachar

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार गठबन्धनको बैठक बोलाए

प्रकाशित: March 27, 2023
पूरा समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार गठबन्धनको बैठक बोलाए

काठमाडौं। मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार गठबन्धनको बैठक बोलाएका छन्। मंगलबार ४ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए।

कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटपछि भोलि बैठक बोलाउने सहमति भएको हो। ‘मन्त्रिपरिषद् विस्तारका लागि भोलि दिउँसो गठबन्धन दलको बैठक बोलाउने समझदारी भएको छ,’ उनले भने।

सोमबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रचण्डले गरेको भए पनि टुंगो लाग्न नसकेपछि मंगलबारसम्म धकेलिएको हो। प्रचण्डले चैत ६ गते संसदबाट विश्वासको मत लिएपछि तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए।

प्रतिक्रिया