
हेटाैंडा । बागमती प्रदेशकाे प्रदेशसभा बैठक भोलि बस्ने भएकाे छ । प्रदेशसभा सचिवालयका अनुसार भाेलि अपरान्ह ३ बजे बैठक बस्न लागेकाे हाे ।
नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेद्वारा भाेलिकाे बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएकाे छ ।
सभामुख सानुकुमार श्रेष्ठका अनुसार भाेलिकाे कार्यसूचीमा बिश्वासकाे मत लिने पनि रहेकाे तर समय नपुगेमा पर्सीकाे बैठकमा बिश्वासकाे मत लिने जानकारी दिनुएकाे छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता पाण्डेले कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्रीकाे पद सम्हाल्नुभएकाे थियाे ।
प्रतिक्रिया