Pura Samachar

सल्यान बस दुर्घटनामा ८ जनाको मृत्यु

प्रकाशित: November 7, 2021

सल्यान बस दुर्घटनामा ८ जनाको मृत्यु

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् ।

सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान ११ बजे कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो । ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनु भयो । घटनास्थलमा सञ्चार सम्पर्क नभएका कारण मृतक र घाइतेकाे संख्या बढ्न सक्ने उहाँकाे भनाइ छ ।

जिल्लामा भएका एम्बसलेन्स अपुग भए पछि प्रहरीले अन्यत्र सम्पर्क गरी खोजेर थप तीन वटा एम्बुलेन्स घटनास्थलतर्फ पठाएको  हाल घटनास्थलमा फोन नै नलाग्ने भएका कारण घटनाबारे थप विवरण आउँन बाँकी रहेकाे उहाँले बताउनु भयाे । सबै घाइतेहरुको उद्दार कार्य जारी रहेको उहाँकाे भनाइ छ ।

प्रतिक्रिया