Pura Samachar

२४ घण्टामा थप १४३ जनामा काेराेना पुष्टि, ९ संक्रमितकाे मृत्यु

प्रकाशित: November 7, 2021

२४ घण्टामा थप १४३ जनामा काेराेना पुष्टि, ९ संक्रमितकाे मृत्यु

काठमाडौं ।  नेपालमा गत २४ घण्टाभित्र नेपालमा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको पछिल्लाे जानकारी अनुसार देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट १४३ जना संक्रमित पहिचान भएको हाे ।

मन्त्रालयका अनुसार कूल २ हजार ३३३ जनाको नमूना परीक्षण गर्दा १४३ जनामा कोरोना संक्रमण देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १४१ र एन्टिजेन विधिबाट दुई संक्रमित पहिचान भएका छन्।

साेही अवधिमा कूल एक हजार ९८० जनाको पीसीआर र ३५३ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गरिएको थियो।

उक्त अवधिमा कोरोना संक्रमणका कारण नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसैगरी, ५६३ जना संक्रमित निकाे भएकाे मन्त्रालयले जनाएकाे छ

प्रतिक्रिया