
काठमाडाैं र नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी २८ गतेका लागि आह्वान गरिएकाे छ ।
पार्टीले कात्तिक २८ गतेका लागि पार्टी कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरेको हो ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक अपरान्ह १ बजे बस्ने छ भने आसन्न महाधिवेशनमा बैठक केन्द्रित हुनेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका रहने पाैडेलले जानकारी दिनुभयाे ।
प्रतिक्रिया