
सर्लाहीको बागमती नगरपालिका-१२ स्थित सडकमा स.१० प ४०७९ नम्बरको मोटरसाइकल र बा.५५ प १५७८ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा स.१० प ४०७९ नम्बरको मोटरसाइकलमा सवार चन्द्रपुर नगरपालिका-४ बस्ने ४० वर्षीय सुशिल काफ्लेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्मैया मोडेल अस्पताल हुँदै चपुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको कर्मैया मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया