Pura Samachar

देशभरको मौसममा अरब सागरको निम्न चापीय प्रणालीको प्रभाव

प्रकाशित: November 8, 2021

देशभरको मौसममा अरब सागरको निम्न चापीय प्रणालीको प्रभाव

काठमाडौं, कार्तिक २२ । अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभावका कारण देशभरको मौसममा आंशिक बदलीको सम्भावना बढ्दै गएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावका कारण आज प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ ।

्त्यस्तै, प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिक बदली रहने मौसमविद्हरुले बताएका छन्। उनीहरुका अनुसार गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

प्रतिक्रिया