Pura Samachar

नागालैंडमा विश्व क्रोस कन्ट्री चैम्पियनशिपको आयोजना हुने

प्रकाशित: November 8, 2021

नागालैंडमा विश्व क्रोस कन्ट्री चैम्पियनशिपको आयोजना हुने

कोहिमा /नागालैंडमा पहिलो पल्ट विश्वस्तरीय क्रोस कन्ट्री चैम्पियनशिपको आयोजना हुने यस एकदिवसीय खेलको आयोजनाको तैयारी भने युद्धस्तरमा चली रहेको कुरा नागालैंड एथलेटिक्स फेडरेशनका उपाध्यक्ष अबु महेताले प्रेसलाई बताएका छन ।
उनले बताए कि नागालैंड राज्यमा आगामी उन्नाइस नोभेम्बरको दिन संपन्न हुन गई रहेको सो खेल समारोहमा जिल्लास्तरको खेलाडीहरू देखि लिएर अन्तराष्ट्रिय स्तरमा भाग लिने खेलाडीहरू भाग लिने छन् अनि यसमा चयनहुने खेलाडीहरू फेरि जिल्ला र राज्यस्तरमा अनि पछि फेरि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा सम्म पुग्ने सुनौलो मौका छ ।यस अवसरलाई नगुमाउन सबै खेलाडीहरूलाई आवाह्न गरे ।
महेताले अगाडि बताए कि यस एकदिवसीय समारोहमा सबै विभागले एकमुस्ट भई साथ दिने र समारोह सम्पन्न गरेर इतिहास बनाउने कुरा पाॅच गरे।
स्मरण रहोस् महेताले गतः महिना देखि नै यस एकदिवसीय खेललाई संपन्न गराउनको लागि असमको राज्यपाल सहित उपराष्ट्रपति सम्म भेट गरेर चर्चा परिचर्चा गरेका हुन ।

प्रतिक्रिया