
काठमाडौं । गत २४ घण्टामा नेपालमा थप ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएका पछिल्लाे जानकारी अनुसार देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ३९० जनामा संक्रमित पुष्टि भएको हाे ।
मन्त्रालयका अनुसार कूल ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा ३९० जनामा कोरोना संक्रमण देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३७१ र एन्टिजेन विधिबाट १९ संक्रमित पहिचान भएका थिए।
साेही अवधिमा कूल २ हजार ६०६ जनाको पीसीआर र २ हजार ४२० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गरिएको थियो।
यही अवधिमा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, थप ४२५ संक्रमित निकाे भएकाे मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।
प्रतिक्रिया