
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काे केन्द्रीय कमिटी बैठक कात्तिक २७ र २८ गते बस्ने भएकाे छ।
पार्टीका उपमहासचिव डा विजयकुमार पाैडेलका अनुसार बैठक हेरिटेज गार्डेन, सानेपामा बस्ने तय भएकाे हाे।
‘यही २७ र २८ गते हेरिटेज गार्डेन सानेपा (गत चैत्र ४ र ५ गते राष्ट्रिय भेला भएको ठाउँ) मा दिनको ठीक ११ बजे बस्ने जानकारी गराउन चाहन्छु ।’ उपमहासचिव डा पाैडेलले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएकाे छ।
बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा केन्द्रीय आयोगका सदस्य मात्र उपस्थित हुन पनि डा पाैडेलले अनुराेध गर्नुभएकाे छ।
प्रतिक्रिया