
काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिश्वासको मत दिन आह्वान गर्नुभएकाे छ । उहाँले सोमबारको प्रदेशसभा बैठकमा बिश्वासको मत दिन आह्वान गर्नुभएकाे हाे ।
सत्ता गठबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालको सहमतिमा नेकपा (एकीकृत समाजवादी) बाग्मती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएक पाण्डेले आज बिश्वासको मत लिन लाग्नुभएकाे हाे ।
कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पाण्डेलाई बहुमतका लागि १०९ प्रदेशसभा सदस्य कायम रहेको प्रदेशसभामा ५५ मत आवश्यक पर्छ । उहाँकाे पक्षमा ५९ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया