Pura Samachar

भारतमा एकैदिन थप ११ हजारमा काेराेना पुष्टि

प्रकाशित: November 8, 2021

भारतमा एकैदिन थप ११ हजारमा काेराेना पुष्टि

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप ११ हजार ४५१ जना नयाँ सङ्क्रमित थपिएका छन् । सोही अवधिमा अरु २६६ जनाको कारोनाभाइरसका कारणले मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयअनुसार पछिल्लो एक दिनमा १३ हजार २०४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएको छ ।  भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कूल सङ्ख्या एक लाख ४२ हजार ८२६ रहेको छ । यो सङ्ख्या २६२ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसको महामारीको प्रभाव सवैभन्दा धेरै केरला राज्यमा देखिएको छ । केरलामा मात्रै पछिल्लो २४ घण्टामा पनि सात हजार १२४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया