Pura Samachar

राष्ट्रिय जनगणना अन्तर्गत मूल गणनाको तयारी पूरा, बुधवारबाट मूल गणना

प्रकाशित: November 9, 2021

राष्ट्रिय जनगणना अन्तर्गत मूल गणनाको तयारी पूरा, बुधवारबाट मूल गणना

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत बुधबारबाट मूल गणना हुने भएको छ ।

९ मंसिरसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

मूल गणनाका लागि ४०  हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन् ।  नेपालमा हरेक १०–१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ ।

यसअघि ३० भदौबाट श्रु भएको सूचीकरण १८ असोजसम्म चलेको थियो । छुटेका व्यक्ति तथा परिवारले केन्द्रिय तथ्यांक विभागमा सम्पर्क गरी टिपाउन सक्नेछन् ।

तथ्यांक विभागले यसअघि असार ८ गतेदेखि जनगणना शुरु गर्ने तयारी गरेको थियो। तर, कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि जनगणना स्थगित भएको थियो ।

प्रतिक्रिया