Pura Samachar

राजविराजमा कोरोना संक्रमितको मृत्यु भएपछि बिहानैदेखि अनिश्‍चिकालीन कर्फ्यु

प्रकाशित: July 23, 2020

राजविराजमा कोरोना संक्रमितको मृत्यु भएपछि बिहानैदेखि अनिश्‍चिकालीन कर्फ्यु

राजविराज । राजविराजमा एकजना कोरोना संक्रमितको मृत्यु भएपछि बिहीबार बहानैदेखि अनिश्‍चिकालीन कर्फ्यु जारी गरिएको छ ।

सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराजमा बिहीबार बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको विज्ञप्तिअनुसार जिल्लामा ४०४ जनाका कोरोना संक्रमण भइसकेको छन् ।

तीमध्ये राजविराजमा एक जनाको मृत्यु भएकाले यस नगरिपालिकामा अर्को आदेश नहुँदासम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सबै गतिविधि निषेध गरिएको उल्लेख गरिएको छ ।

निषेधाज्ञा उल्लंघन गरे कानुनबमोजिम कडा कारबाही गरिने चेतवानी पनि विज्ञप्तिमा दिइएको छ ।

rrrrr

प्रतिक्रिया