Pura Samachar

भीम रावलद्वारा एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा

प्रकाशित: November 10, 2021

भीम रावलद्वारा एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा

अछाम– नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन् ।

एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै डा। रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा गरेका हुन् ।

कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उनको भनाई रहेको छ ।

उनले अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकताबद्ध बनाउनु पर्नेमा पनि जोड दिएका छन् ।

‘मैले कार्यकर्तालाई आफू कुन पदमा उठ्दा उपयुक्त होला भनेर सोधेको थिएँ । उहाँहरूले अध्यक्ष पदमा लड्न आग्रह गरिरहनु भएको छु’, रावलले भने ।

उनले कार्यकर्ताको आवाजलाई कमजोर हुन नदिने बताएका छन् ।

नेता रावलले कार्यकर्ताको भावनालाई कदर गर्दै १०औं महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।

नेकपा एमाले साँफेबगर नगर संगठन कमिटीका अध्यक्ष ललित कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवरलगायत सहभागी थिए ।

प्रतिकृया दिनुहोस

प्रतिक्रिया