Pura Samachar

मुख्यमन्त्री राईले कात्तिक ३० गते बिश्वासकाे मत लिने

प्रकाशित: November 10, 2021

मुख्यमन्त्री राईले कात्तिक ३० गते बिश्वासकाे मत लिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले यही कात्तिक ३० गते विश्वासको मत लिने तयारी गर्नुभएकाे छ । मुख्यमन्त्रीमा पद बहाली गरेकाे ३० दिनभित्र बिश्वासकाे मत लिनुपर्ने संबैधानकि व्यवस्था अनुसार  राईले बिश्वासकाे मत लिन लाग्नुभएकाे हाे ।

अब बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरिएकाे प्रदेश १ प्रदेशसभा सचिवालयले जनाएकाे छ ।

कात्तिक १५ गते बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा गर्ने घोषणा गरेपछि सभामुखले प्रदेशसभाको अर्को बैठक कात्तिक २३ गतेका लागि बाेलाउनुभएकाे थियाे ।

मुख्यमन्त्री राईले विश्वासको मत लिएरमात्र मन्त्रिमण्डल विस्तार गर्ने बताएपछि प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी विशेष कारणले कात्तिक ३० गतेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएको थियो ।

प्रतिक्रिया