
काठमाडाैं । गायक योगेश्वर अमात्यको बारा जिल्लामा रहेको जग्गाको नक्कली धनी पूर्जा बनाएर ऋण प्रवाह भएको खुलेकाे छ । अमात्यको बाराको बिश्रामपुरमा रहेको १२ विगाहा जग्गा धितो राखेर कुमारी बैंकको पर्सा शाखाबाट १९ करोड रुपैयाँ ऋण प्रवाह भएको पाइएको हो ।
यसबारे जानकारी पाएपछि अमात्यले दशैं अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो मा अनुसन्धानका लागि जाहेरी दिनुभएको र त्यही आधारमा अनुसन्धानमा त्यस्ताे पाइएकाे प्रहरीले बताएकाे छ ।
सरकारी लिखत कीर्ते सम्बन्धी कसूरमा अनुसन्धानका लागि ब्यूरोले केही साता अघि ५ जनालाई पक्राउ गरेको प्रहरीकाे भनाइ छ । पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, मूल्यांकनकर्ता बैंककै कर्मचारी राजेश्वर चौरसिया पनि छन्। ठाकुर, महर्जन र गौतम केही दिनअघि नै पक्राउ परेका थिए भने चौरसिया मंगलबार पक्राउ परेका थिए।
कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट ठाकुरसहितको मिलेमतोमा उक्त जग्गाको नक्कली लालपूर्जा बनाएर बैंकको न्यूरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि चार जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।
प्रतिक्रिया