Pura Samachar

नागालैंडमा पनि बिहारी समुदायले मनाए छठ पूजा

प्रकाशित: November 11, 2021

नागालैंडमा पनि बिहारी समुदायले मनाए छठ पूजा

डा. हरिमोहन पोखरेल

कोहिमा /संसारभरि नै बिहारी समुदायले मनाउने छठ पूजा नागालैंड राज्यको हाईस्कूल एरिया अन्तर्गत 15 बीआरटीएफ मैदानमा मनाएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार छठ पूजा समिति द्वारा आयोजित सो समारोहमा हाईस्कूल एरियाका सबै बिहारी परिवारले सक्रिय रूपमा पूजामा भाग लिँदै छठी मैया संग जीवनमा सहस्र सफलता, समृद्धि तथा प्रगतिको कामना गरेको कुरा पनि समितिका सचिवले मीडियालाई बताए ।
साँझ करीब तीन बजेबाट आरंभ भएको सो पूजा समारोहमा धेरैजसो घरका महिलाहरुले अडचालिस घंटा निराहार व्रत लिएका र पानी सम्म पनि नपिएको कुरा पनि उनीहरूले बताए ।
यस छठ पूजाको व्रतमा भने अस्ताउँदो सूर्यलाई अर्घ दिएर शुरू गरिने र फेरि भोलिपल्ट उदाउदै गरेको सूर्यलाई अर्घ दिए पश्चात विसर्जन हुने कुरा पनि व्रतालुहरूले बताए ।
स्मरण रहोस नागालैंडमा थोरै मात्रामा बिहारीहरू भए पनि समय -समयमा यस्ता खालका धार्मिक कार्यहरू गरि रहन्छन।जसमा छठ पूजा पनि एउटा हो ।

प्रतिक्रिया