
काठमाडाैं । नेपाल बार एशाेसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको छ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार १० बजे अधिवक्ताहरू अदालतमा उपस्थित भएर जबरालाई अदालत प्रवेश गर्न रोक्ने बताउनुभएकाे हाे ।
प्रधानन्यायाधीशविरूद्ध बारले गरेकाे आन्दोलनका क्रममा आज प्रहरीले हस्तक्षेप गरेको थियो। सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच भएको झडपमा बारका महासचिव लीलामणि पौडेलसहितका अधिवक्ता घाइते भएक थिए ।
शुक्रबारबाट आन्दोलनको स्वरूप फेरिने सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले बताउनुभयाे। प्रधानन्यायाधीशको भौतिक उपस्थिति रोक्न उपत्यकालगायतका कानुन व्यवसायीलाई परिचालन गर्ने उहाँले बताउनुभयाे ।
प्रधानन्यायाधीशकाे राजीनामा माग गर्दै सर्वाेच्च बारले चरनवद्ध रूपमा आन्दोलन गरिरहेकाे छ । यसैक्रममा शुक्रवार आन्दोलन परिवर्तन गरी प्रधानन्यायाधीश राणालाई सर्वाेच्च अदालतमै प्रवेश राेक लगाउने गरी आन्दोलन गर्ने तयारी गरेकाे हाे ।
प्रतिक्रिया