
२०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामलाई प्रदान गरिएको छ । बुधबार मदन पुरस्कार गुठीले एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरेको हो । सोही कार्यक्रममा भैरवबहादुर थापालाई जगदम्बा–श्री सम्मान प्रदान गरियो ।
भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह संवत् १७१९–२०२०’ पुस्तकलाई २०७७ सालको मदन पुरस्कार दिइएको हो भने नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान गरी उचाइ प्रदान गरेबापत भैरवबहादुर थापाले जगदम्बा–श्री पुरस्कार २०७७ पाएका हुन् ।
पहिलो मदन पुरस्कार २०१३ सालमा सत्यमोहन जोशीले ‘हाम्रो लोक संस्कृति’ कृतिबाट पाएका थिए । यसैगरी जगदम्बा–श्री पुरस्कारको स्थापना २०४५ सालमा भएको हो । यो पुरस्कार पाउने पहिलो व्यक्ति स्वर सम्राट नारायण गोपाल रहेका थिए ।
प्रतिक्रिया