Pura Samachar

कानुन व्यवसायीलाई झुक्याएर अर्कै गेटबाट प्रधानन्यायाधीश कार्य कक्ष प्रवेश

प्रकाशित: November 12, 2021

कानुन व्यवसायीलाई झुक्याएर अर्कै गेटबाट प्रधानन्यायाधीश कार्य कक्ष प्रवेश

काठमाडौं । नेपाल बार एसोसिएसनको निषेध आन्दोलनबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत प्रवेश गर्नुभएको छ ।

जबरालाई प्रवेश रोक्न मुल गेटमा धर्ना दिइरहेका कानुन व्यवसायीलाई झुक्याएर उहाँ अर्कै गेट प्रयोग गरी कार्यकक्ष प्रवेश गर्नुभएको हो । बालुवाटारस्थित निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेर उहाँ अदालत आउनुभएको हो ।

मुल गेटमा नेपाल बारले धर्ना दिएपछि जबरा प्रधानन्याधीशको शपथ ग्रहणपछि पदभार ग्रहण गर्न सर्वोच्च आउँदा प्रयोग गर्ने गरेको गेटवाट प्रवेश गर्नुभएको हो ।

महान्यायाधधिवक्ता कार्यालय नजिकैको सो गेट नयाँ प्रधानन्यायाधीशलाई स्वागत गर्दा मात्र सर्वोच्च प्रशासनले खोल्ने गरेको छ ।

प्रतिक्रिया