Pura Samachar

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दै

प्रकाशित: November 12, 2021

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो ।

बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । पार्टी कामका सिलसिलामा केन्द्रीय सदस्यहरू उपत्यका बाहिर रहेका कारण भर्चुअलरूपमा बैठक बस्न लागेको उहाँकाे भनाइ छ ।

यतिवेला सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठन सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ । आगामी पुस ११ देखि १३ सम्म माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया