
काठमाण्डौं । सत्तारुढ दलका विद्यार्थी संगठनहरूले आयल निगमको कार्यालय घेराउ गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध उनीहरूले आयल निगमको कार्यालय घेराउ गरेका हुन् ।
संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन माग गर्दै उनिहरुले महाप्रवन्धकविरुद्ध नाराबाजीसमेत गरेका थिए । आन्दोलित विद्यार्थीहरूले आज विहान ९ बजेदेखि आयल निगम घेरिरहेका छन् । उनीहरूले निगमका महाप्रबन्धक लगायतलाई कार्यालय प्रवेश गर्न नदिने बताएका छन् ।
डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ७५ रुपैयाँ वृद्धि गरेको छ । यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।
निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।
प्रतिक्रिया