Pura Samachar

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा, उपाधिका लागि न्युजिल्यान्डसँग भिड्ने

प्रकाशित: November 12, 2021

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा, उपाधिका लागि न्युजिल्यान्डसँग भिड्ने

काठमाडौं । म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक बनेको खेलमा पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे । दुई खेलाडीले  ८१ रनको साझेदारी गर्दै जित दिलाएको थिए । अष्ट्रेलियाका लागि  डेभिड वार्नरले सर्वाधिक ४९ रनको योगदान दिए ।

यसअघि आबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवाल सर्बाधिक ६७ र फकर जमानले ५५ रनको  अर्धशतकीय इनिङ्स खेले ।

विजेता अष्ट्रेलियाले न्युजिल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ

प्रतिक्रिया