Pura Samachar

थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना संक्रमितको मृत्यु

प्रकाशित: November 12, 2021

थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत चौबीस घन्टामा ९ हजार १३४ पीसीआर तथा १ हजार ९३२ एन्टिजेन परीक्षण भएको छ।

काठमाडौँ उपत्यकामा थप १७१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा १२५, ललितपुरमा ४२ तथा भक्तपुरमा ४ जना संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६९ पुगेको छ।

शुक्रबार ३८९ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ४९८ सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया