Pura Samachar

अंडर –17 आईजीमा चलिरहेको छ —अबु महैता

प्रकाशित: November 12, 2021

अंडर –17 आईजीमा चलिरहेको छ —अबु महैता

डा. हरिमोहन पोखरेल

 

कोहिमा /इन्दिरा गान्धी स्टेडियम कोहिमा नागालैंडमा हालमा अंडर –17 लातेभुकुंडो टूर्नामेंट चलिरहेको छ भन्दै नागालैंड एथलेटिक्स फेडरेशनका उपाध्यक्ष अबु महेताले हिजो कोहिमामा केही प्रेसहरूलाई बताएका छन ।
उनले मीडियालाई भने कि त्यसै त आगामी उन्नाइस नोभेम्बरमा विश्व क्रोस कंट्री चैम्पियनशिपको आयोजना व्यापक रूपमा भई रहेछ भने यो अंडर –17 पनि त्यसैको एउटा भाग स्वरूप ट्रायल चली रहेको कुरा पनि महेताले बताए ।
उनले थपे कि सालभरिमा लातेभुकुंडोका कतिपय खेलहरू स्टेडियममा भई रहन्छन तर हाम्रा अभिभावक सजग र होशियार नभएकोले गर्दा बेला -बेलामा नानीहरू पाउन गाह्रो परिरहन्छ ।फेरि पनि हामीले प्रयास जारी राखेका छौ भन्दै उनले मीडियालाई भने ।
विश्व क्रोस कन्ट्री चैम्पियनशिपको बारेमा सानो जानकारी दिदै भने कि यस एकदिवसीय ऐतिहासिक खेल स्पर्धामा भारत लगायत जापान, भुटान, अमेरिका, बेलायत र बेलारुस साथै अन्य कतिपय देशका एथलेटहरूले भाग लिने छन ।जो यहाँका जिल्ला स्तर देखि माथिका खेलाडीहरूलाई प्रेरणा बन्ने छ ।
स्मरण रहोस् आगामी उन्नाइस नोभेम्बरको दिन आईजी स्टेडियम कोहिमामा विश्व क्रोस कन्ट्री चैम्पियनशिपको आयोजना व्यापक रूपमा भई रहेछ ।जुन नागालैंडको लागि ऐतिहासिक आयोजना हो ।

प्रतिक्रिया