Pura Samachar

‘केपी ओलीलाई बिदा गरौँ, न्यायाधीशमाथि महाभियोग लगाऔँ’

प्रकाशित: July 24, 2020

‘केपी ओलीलाई बिदा गरौँ, न्यायाधीशमाथि महाभियोग लगाऔँ’

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतिर गएको भन्दै संकटबाट बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्नुपर्ने सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा आफ्ना धारणा राख्दै पाँचवटा सुझाव दिएका छन् । त्यसमा पहिलो संसद् अधिवेशन बोलाउन भनेका छन् भने दोस्रोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न सुझाव दिएका छन् । उनले तेस्रो सुझावका रुपमा अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउनुपर्ने, भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जानुपर्ने सुझाव दिएका छन् ।

 

प्रतिक्रिया