Pura Samachar

रौतहटको मुख्य सडकमा भारतीय गाडी दुर्घटना, चार जनाको मृत्यु

प्रकाशित: November 14, 2021

रौतहटको मुख्य सडकमा भारतीय गाडी दुर्घटना, चार जनाको मृत्यु

रौतहट । गत राती भारतीय नम्बरकाे गाडी दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ । जिल्लाकाे मुख्य सडकस्थित बम नहर र झुनखुनवाबीच गाडी दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे हाे ।

शनिवार राती करिब १२ बजेको समयका चन्द्रपुरबाट आउँदै गरेको युके १२ सी २९०० नम्बरको भारतीय सुजुकी कार रोडको पश्चीमतर्फ पल्टिएको प्रहरीका प्रवक्ता (डिएसपी) नारायणप्रसाद चिमरियाले जनतासमाचारलाई जानकारी दिनुभएकाे छ ।

मृतकहरुको पहिचान अझै हुन नसकेको उहाँले बताउनु भयो ।

सुजुकीको सानो कार रोडको तल पल्टिएको अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर गरे लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको प्रवक्ता चिमरियाले बताउनुभयो ।

मृतकहरुलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया