Pura Samachar

केपी ओली नै हाम्रो पार्टीको अध्यक्ष बन्ने शतप्रतिशत निश्चित् नै हो: पृथ्बीसुब्बा गुरुङ

प्रकाशित: November 14, 2021

केपी ओली नै हाम्रो पार्टीको अध्यक्ष बन्ने शतप्रतिशत निश्चित् नै हो: पृथ्बीसुब्बा गुरुङ

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले आगामी १०औं महाधिवेशनबाट केपी शर्मा ओली नै सर्वसम्मत्को अध्यक्ष बन्ने घोषणा गरेका छन् । उनले नेतृत्वको लागि महाधिवेशनमा सकेसम्म निर्वाचन नहुने यदि भईहाल्यो भने पनि ओली नै विजयी हुने पनि दाबी गरे । आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको महाधिवेशनमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नबोलाईने पनि स्पष्ट पारे । उनले भनेका छन्–‘होइन्, त्यो त हाम्रो कुरा हो नि । हाम्रो महाधिवेशनमा कसलाई बोलाउने अनि कसलाई नबोलाउने भन्ने त हाम्रो कुरा हो नि । यसमा हामीलाई कसैले निर्देशित गर्ने होइन् । हामी यो मुलुकको सबै राजनीतिक दलहरुलाई पठाउँछौं । तर, त्यो पार्टीलाई बोलाउने अथवा नबोलाउने भन्ने कुरा हामीले निर्णय गरिसकेका छैनौं । तर, हामीले त्यस्तो पार्टीलाई किन बोलाउछौं र ? हाम्रो पार्टीलाई तोडेर, फोडेर, हाम्रो पार्टीको सरकारलाई गिराएर त्यस्तो अनुशासनहीन व्यक्तिहरुको पार्टीलाई मान्यता दिने हो भने हाम्रो पार्टीभित्र कसरी अनुशासन कायम हुन्छ ? अहिले उहाँहरुलाई हाम्रो महाधिवेशनमा बोलाउन आवश्यकत्ता छ जस्तो अहिले देखिएको छैन् ।

प्रतिक्रिया