Pura Samachar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नि:शुल्क रूपमा ४ वटा सटल बस सञ्चालन गरिने

प्रकाशित: November 14, 2021

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नि:शुल्क रूपमा ४ वटा सटल बस सञ्चालन गरिने

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बेठकको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको हो ।

उहाँले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा सटल बस निःशुल्क सञ्चालन गरिने बताउनु भयो । मन्त्री आलेले मजदुरहरुको लागि विमास्थलमा विश्राम घरको निर्माण गर्न निर्देशन दिएको पनि बताउनुभयो ।

उहाँले भारतीय समकक्षीसँगको भेटमा नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी मुलुकहरुसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेको बताउनु भयो ।

पर्यटनमन्त्री आलेले भारतीय सिभिल एभिएसन मन्त्री ज्योतिरादित्य एम सिन्धियासँग भारतमा नेपाल एयरलाईन्सको दुई वटा विमान उडान भर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको बताउनुभयो ।

प्रतिक्रिया