
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ६ सय ६ नमूनामध्ये पीसीआर विधिबाट ८ हजार ८ जना र एन्टिजेन विधिबाट १५ सय ९८ जनामा परिक्षण गर्दा ३०६ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १६ हजार ९ सय ६६ र एन्टीजेन विधिबाट परीक्षण गर्दा ९५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ रहेको छ । मन्त्रालयका अनुसार आइतबार थप ३४८ जना कोरोनामुक्त हुँदा नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ९८ हजार २ सय ७४ पुगेको छ ।
यस्तै, कोरोनाबाट थप ६ जनाको ज्यान गए सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ। पछिल्लो २४ घण्टामा १५९०६ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया