
काठमाडौं । मुलुकका विभिन्न जिल्लाका १११ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ९४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । संक्रमितमा ६ इन्स्पेक्टर, ८ सई, ७ असई, ३३ हवल्दार, ५६ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् ।
जसमध्ये दुई महिला र १०९ पुरुष छन् । संक्रमित प्रहरीमा काठमाडौंका ८, भक्तपुरका १, धनकुटाका २, मोरङका २ , बाराका ७, धनुषाका १२ , सर्लाहीका २, सिरहाका ३, सप्तरीका ४, रौतहटका ४, महोत्तरीका २, तनहुँका २, नवलपरासीका ५, बागलुङका एक र स्याङ्जाका तीनजना छन् ।
यस्तै बाँकेका २, कपिलवस्तुका ६, गुल्मीका १, बर्दियाका २, दाङका २, प्युठानका २, जुम्लाका २, जाजरकोटका १, दैलेखका १४, सुर्खेतका ८, डोल्पाका २, कञ्चनपुरका ४, अछामका २ र बाजुराका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पछिल्लो समय संक्रमित प्रहरीको निको हुने दर बढेको छ । कोरोनामुक्त भएका प्रहरीलाई नियमित कामकाजमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया