Pura Samachar

टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई

प्रकाशित: November 15, 2021

टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई

दुबई । न्युजिल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

गए राति दुबईको अन्तर्राष्ट्रिय रंगशालामा न्युजिल्यान्डमाथि ८ विकेटको जित निकाल्दै अस्ट्रेलियाले पहिलोपल्ट टी–ट्वान्टी विश्वकपको उपाधि हात पारेको हो ।

न्युजिल्याण्डबाट पाएको १ सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले १८ ओभर पाँच बलमा दुई विकेट गुमाएर पूरा ग¥यो ।

अस्ट्रेलियाको जितमा मिचेल मार्सले अविजित ७७ र डेभिड वार्नरले ५३ रन जोडे । कप्तान आरोन फिन्च ५ रनमै आउट भए भने ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहे ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट हात पारे । टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो ।

प्रतिक्रिया