Pura Samachar

शिक्षक पदपूर्तिको क्यालेण्डर प्रकाशन, मंसिरमा विज्ञापन

प्रकाशित: November 15, 2021

शिक्षक पदपूर्तिको क्यालेण्डर प्रकाशन, मंसिरमा विज्ञापन

शिक्षक सेवा आयोगले पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगले आर्थिक वर्ष २०७८/०७९ का लागि सो कार्यतालिका प्रकाशन गरेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए।

वार्षिक कार्यतालिका अनुसार प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्धितीय र प्रथम श्रेणीमा बढुवाका लागि मंसिरमा आन्तरिक विज्ञापन गरी फागुनमा परीक्षा सञ्चालन गरी वैशाखमा नतिजा प्रकाशन गर्ने र जेठमा अन्र्तवार्ता गरी असारमा सिफारिश गर्ने कार्यतालिका प्रकाशन गरेको छ।

यस्तै सोही तह र श्रेणीअन्तर्गत कार्य सम्पादन मूल्यांकनको विज्ञापन मंसिरमा गर्ने, सोको नतिजा पुसदेखि फागुनसम् मगर्ने र माघदेखि चैतसम्म सिफारिश गरिसक्ने आयोगको कार्यतालिका छ।

यस्तै माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहकोको खुला तर्फको विज्ञापन मंसिरभित्र गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। जस अनुसार सामान्य परीक्षा फागुनमा र विषयगत परीक्षा जेठमा गर्ने भएको छ। त्यस्तै सामान्य परीक्षाको नतिजा बैशाखमा गर्ने र विषयगत परीक्षाको नतिजा साउनमा प्रकाशन गर्ने जनाएको छ। नतिजापछि अन्तरवार्ता भाद्रमा गरी असोजमा सिफारिश गर्ने समेत कार्यतालिमामा उल्लेख छ।

प्रवक्ता मरहठ्ठाले विगतमा लामो समय आयोगका पदाधिकारी रिक्त रहँदा आयोगले गर्नुपर्ने काम हुन नसकेको बताउँदै पदाधिकारी आएसँगै कार्यतालिका प्रकाशन गरी काम गर्नका लागि वार्षिक क्यालेण्डर बनाइएको बताए।

उनले अब शिक्षक सेवा आयोग सोही तालिका अनुसार अघि बढ्ने बताउँदै विगतमा जस्तो कार्यतालिकामा गडबढी नहुने समेत जनाए।

आयोगका अनुासर हाल देशभर १७ हजार २ सय २३ दरबन्दी रिक्त छन्। जस अनुसार प्राथमिक तहमा १३ हजार ८५, निम्न माध्यमिक तहमा २ हजार ५ सय ९४, माध्यमिक तहमा १ हजार ५ सय ४४ दरबन्दी रिक्त रहेका छन्।

विक्रम संवत् २०७५ जेठ २८ गते प्राथमिक तहको र असार १ गते निम्म माध्यमिक तह र माध्यमिक तहको विज्ञापन खुलाएदेखि आयोगले नयाँ विज्ञापन खुलाउन सकेको छैन। त्यसबीचमा आयोगले अध्यापन अनुमति पत्र(लाइसेन्स) को परीक्षा भने सञ्चालन गरेको छ। आयोगकै तथ्यांककलाई हेर्ने हो भने त्यसरी लाइसेन्स लिइसकेकाहरुको संख्या ७ लाख नाघिसकेको छ।

आयोगले शिक्षक लाइसेन्सको परीक्षाका लागि पनि कार्यतालिका प्रकाशन गरेको छ।

प्रतिक्रिया