
डा. हरिमोहन पोखरेल
कोहिमा /’यदि हामीले पनि छोरी मान्छेको जस्तो श्रद्धा र भक्तिले भगवानको नाम ध्यान र सुमिरनमा मन लगायौ भने हाम्रो प्रत्येक घरमा भगवान राम जस्तो छोराको दर्शन पाउने छौ ।जस्तो विश्वमा एउटा उदाहरण र मार्ग देखाए भन्दै महात्मा अखिलानंद जी महाराजले हिजो हंस ज्ञान मंदिर कोहिमा भक्तहरूलाई सत्संग सुनाउदै भन्नुभयो ।
महात्माजीले अझै अगाडि भन्नुभयो कि हाम्रो जीवनलाई स्वर्ग र नरक बनाउनमा पनि हाम्रै हातमा छ ।त्यसपछि आफूमाथि नै राम र कृष्ण जस्तो छोरा पानीको लागि पनि भन्दै उहाँले भन्नुभयो ।
ज्ञानको बाहिर व्यापक प्रचारको कुरा गर्दै उहाँले भन्नुभयो कि हामीले साप्ताहिक सत्संगलाई एकदिन बाहिर कुनै पनि ठाउँमा आयोजना गर्न सकिन्छ ।जसले व्यापक प्रचार हुने गर्दछ ।तसर्थ आफ्नो सुविधालाई ध्यानमा राखेर प्रेमीहरूले (भक्तहरूले )
राख्न सक्नु हुन्छ ।
सा -साना नानीहरू मोबाइल फोनबाट प्रभावित भएको कुरा गर्दै उहाँले थप्नुभयो कि हामीले हाम्रो नानीहरूलाई सॅधै मोबाइलमा टाइमपास गराउनु भन्दा मन्दिरमा ल्याएर भजन गाउन र रचना गर्न सिकाउने गर्नु पर्दछ ।जसले गर्दा हाम्रो नानीहरूले आफ्नो प्रतिभालाई निखारने मौका पाउनेछन ।
आजको कलिकालमा उल्लेख गर्दै उहाँले भन्नुभयो कि नाम ध्यान र सुमिरणको लागि एकदमै राम्रो हो ।अभ्यास जारी रह्यो भने यो भवसागरबाट अवश्य पार लागिन सकिन्छ ।
यसै अवधिमा पैसाला मान्छेलाई क्रोनिक बनाई रहेको कुरा गर्दै पैसाको राम्रो संचय राम्रो जग्गामा हुन सके आराम दिने र कलिको आनंद पाइने र नगरेको खण्डमा यसले सबै बर्बाद पारेको कुरा पनि वहाँले गर्नुभयो ।
सेवाको विषयमा कुरा गर्दै उहाँले भन्नुभयो कि आश्रमको सेवा भने तपाईंको आफ्नो खजाना हो ।यसलाई सेवाको माध्यमबाट घटाउने या बढाउने तपाईंको हातमा छ ।तसर्थ, आश्रमको सेवा कार्यमा नियमित रूपले उपस्थित भएर आफ्नो खजानालाई बढाउने पनि आग्रह गर्नुभयो ।
स्मरण रहोस् अखिलानंद महात्मा बोङगाईगाॅउ असमबाट गतः शनिवार कोहिमामा आउनुभएको थियो ।वहाँ कोहिमाबाट हिजो डिमापुरको लागि फर्कनु भयो ।
प्रतिक्रिया