Pura Samachar

२४ घण्टामा ३७७ जना संक्रमित थपिए ,४ जनाको मृत्यु

प्रकाशित: November 16, 2021

२४ घण्टामा ३७७ जना संक्रमित थपिए ,४ जनाको मृत्यु

नेपालमा कोरोनाभाइरसबाट हालसम्म ११ हजार ४८२ जनाको मृत्यु भएको छ।  पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमित थपिएका छन् । यससँगै पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १७४ पुगेको छ ।

हाल संक्रमितमध्ये ७ लाख ९८ हजार ७१४ निको भएको मन्त्रालयले जनाउको छ । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४७६ जना रहेका छन् ।

प्रतिक्रिया