Pura Samachar

बाग्लुङमा पहिरोले स्काभेटर र टिपर पुरिए, चालक सम्पर्कविहीन

प्रकाशित: July 26, 2020

बाग्लुङमा पहिरोले स्काभेटर र टिपर पुरिए, चालक सम्पर्कविहीन

काठमाडौं । बाग्लुङ नगरपालिका १ रामरेखास्थित सामुदायिक वन क्षेत्रमा पहिरो जाँदा एउटा स्काभेटर, एक ट्याक्टर र टिपर पुरिएका छन् । त्यसका चालकहरु सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक दिपक रेग्मीका अनुसार हताहती भएको आशंका गरिएको छ । तर कति संख्यामा भन्ने खुलेको छैन ।

गएराति गएको पहिरोका कारण अहिलेसम्म नजिक जान सक्ने अवस्था नरहेको उनले बताएका छन् । कतिको संख्यामा हताहती भएको छ भन्ने खुलेको छैन ।

प्रतिक्रिया