Pura Samachar

स्काभेटर दुर्घटना हुँदा अपरेटरको मृत्यु

प्रकाशित: November 18, 2021

स्काभेटर दुर्घटना हुँदा अपरेटरको मृत्यु

दाङमा सडक मर्मतको क्रममा स्काभेटर दुर्घटना हुँदा अपरेटरको मृत्यु भएको छ ।  विहीबार  बिहानै जिल्लाको गलाचुली गाउँपालिका– ५ मा सडक मर्मतको क्रममा रा १ क ९१४ नम्बरको स्काभेटर दुर्घटना हुँदा अपरेटर घोराही– १० नारायणपुरका २२ वर्षीय सुनिल विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

स्काभेटर पर्यटकीय स्थल बंगलचुली टावर जाने सडक मर्मतको  दुर्घटना भएको हो । दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन् ।

घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भासिएर स्काभेटर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको  प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु  गरेको जनाएको छ

प्रतिक्रिया