Pura Samachar

१४ जिल्लामा काँग्रेसको नयाँ नेतृत्व

प्रकाशित: November 18, 2021

१४ जिल्लामा काँग्रेसको नयाँ नेतृत्व

नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत चयन भएका छन्। बेनीमा बुधबारदेखि सुरु भएको सातौं जिल्ला अधिवेशनबाट केन्द्रीय सभापति शेरबहादुर देउवा निकट गर्बुजा सर्वसम्मत चयन भएका हुन् । सभापति पदमा गर्बुजाको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।


गर्बुजा यसअघिको कार्यसमितिका पनि सभापति थिए । छैटौं जिल्ला अधिवेशनमा नेत्रबहादुर महतसँग चुनाव लडेका गर्बुजा दोस्रो पटक सर्वसम्मत नेतृत्व दोहरिइने अवसर पाएका हुन्। योसँगै १४ जिल्लामा काँग्रेसको नयाँ नेतृत्वको चयन भएको छ ।



वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने  र बाजुरामा रामसिंह रावल चुनिएका छन्। यद्यपि, रोका र न्यौपाने आफू निकट रहेको देउवा पक्षको दाबी छ।



देउवा समूहबाट ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा म्याग्दीमा  खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ जिल्ला सभापति चुनिएका छन्।

प्रतिक्रिया