Pura Samachar

बिहीबार सर्वोच्चमा ९ वटा इजलास तोकियो

प्रकाशित: November 18, 2021

बिहीबार सर्वोच्चमा ९ वटा इजलास तोकियो

सर्वोच्च अदालतमा बिहीबार ९ वटा इजलास तोकिएका छन् । विभिन्न मुद्दाका लागि इजलास तोकिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई कुनै पनि इजलासमा राखेका छैनन् ।


बिहीबार २५९ वटा मुद्दा पेसीमा राखिएको छ । न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ नगर्ने घोषणा गरेका छन् । यद्यपि, पेसीमा विभिन्न मुद्दालाई समावेश गरिएको छ ।



प्रधानन्यायाधीश जबराले बिहीबार नै ‘ फुलकोर्ट’ राख्ने तयारीसमेत गरेका छन् । सर्वोच्चका अन्य न्यायाधीशले फुलकोर्ट राखेर नियमावली संशोधन गरी गोलाप्रथाबाट पेसी तोक्ने प्रक्रियाका लागि दबाब दिँदै आएका थिए ।



सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई अन्य न्यायाधीशहरु र बार एशोसिएसनले केही सातादेखि राजीनामाका लागि दिँदै आएका छन् ।

प्रतिक्रिया