Pura Samachar
  • आगामी तीन दिनसम्म यी क्षेत्रमा बदली र हिमपात हुने

    प्रकाशित: मंसिर ४, २०७८

    आगामी तीन दिनसम्म यी क्षेत्रमा बदली र हिमपात हुने

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

    हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशहरुमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा  आंशिक  बदली रहेको छ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान
    मंसिर ०४ गते (शनिबार) 

    दिउँसो : देशका  सुदुरपश्चिम, कर्णाली, लुम्बिनी  र  गण्डकी प्रदेशका भूभागहरू  सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिक देखि सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ ।

    राती : देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भूभागहरू  सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिक देखी सामान्य बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको छ ।

    मंसिर ०५ गते (आईतबार) 

    दिउँसो : देशका  पहाडी भुभागमा  सामान्य बदली रही बाँकी भूभागहरू आंशिक बदली रहने छ। बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राती : देशका  पहाडी भुभागमा  सामान्य बदली रही बाँकी भूभागहरू आंशिक बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    मंसिर ०६ गते (सोमबार) 

    दिउँसोः देशका  पहाडी भुभागहरुमा  आँशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहने छ।

    रातीः देशका  पहाडी भुभागहरुमा  आँशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहने छ।

    आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श 

    नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशका अधिकांश भूभागहरुमा वदली भई  देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा  हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

    सो प्रणालीको प्रभावले देशका अधिकांश भूभागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुँवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोले सडक तथा हवाई यातायात क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छ ।

    प्रतिक्रिया