
राँची– शुक्रवार राति सम्पन्न दोस्रो टी–२० इन्टरनेशनलमा भारतले न्यूजील्याण्डलाई सात विकेटले पराजित गरेको छ ।
योसंगै भारतले ३ वटा टी–२० इन्टरनेशनल सीरीज पनि २–० ले आफ्नो पक्षमा पारेको छ ।
भारतले टस जित्दै न्यूजील्याण्डलाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको थियो ।
न्यूजील्याण्डले ६ विकेटको क्षतीमा १ सय ५३ रन बनायो ।
भारतले १ सय ५४ रनको लक्ष्य १७ दशमलव २ ओभरमै भेट्टायो ।
भारतका ऋषभ पन्तले विजयी छक्का प्रहार गर्दै भारतलाई जिताएका हुन् ।
भारतका ओपनर केएल राहुल तथा रोहित शर्माले विष्फोटक इनिङ खेल्दै क्रमश: ६५ तथा ५५ रन बनाए ।
राहुल र रोहितबीच पहिलो विकेटका लागि १ सय १७ रनको साझेदारी भएको थियो ।
त्यसक्रममा राहुलले ४८ बलमा ६ चौका र दुई छक्काको सहयोगले ६५ रन बनाए भने रोहितले एक चौका र पाँच छक्काको सहयोगले ३६ बलमा ५५ रन बनाए ।
भारतका वेंकटेश अय्यरले १२, सूर्यकुमार यादवले एक तथा सूर्यकुमार यादवले १२ रनको योगदान दिए ।
त्यसअघि न्यूजील्याण्डले २० ओभर खेल्दै १ सय ५३ रन बनायो ।
उसका लागि मार्टिन गुप्टिलले ३१, डेरल मिचेलले ३१, मार्क च्याम्पम्यानले २१, ग्लेन फिलिप्सले ३४ तथा टीम सेफर्टले १३ रन बनाए ।
भारतका हर्षल पटेलले २ तथा रविचन्द्रन अश्विन, अक्षर पटेल, दीपक चाहर तथा भुवनेश्वर कुमारले १–१ विकेट लिए ।
प्रतिक्रिया