Pura Samachar

प्रचण्ड र माधव नेपालमाथि खनिए ओली

प्रकाशित: November 20, 2021

प्रचण्ड र माधव नेपालमाथि खनिए ओली

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले कसैको बैशाखी नटेकी चुनावमा प्रतिष्पर्धा गर्ने र जित हाँसिल गर्ने दाबी गरेका छन् । आज (शनिबार) काठमाडौंमा अयोजित नेपाल सम्वत् ११४२ को अवसरमा शुभकामना आदान प्रदान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रचण्ड र माधव नेपाल कांग्रेसको औंला समातेर मात्रै हिँड्न सकेको नत्र हिँड्नै नसकेको आरोप लगाए । उनले भने,‘अहिले केही दल कांग्रेसको औंला समातेर मात्रै हिँडिरहेका छन्, उनीहरु कांग्रेसको औंला नसमाई हिँड्नै सक्दैनन्, तर हामीकसैको पनि बैशाखी नसमाई चुनाव जितेर देखाउँछौं ।’

त्यतिमात्रै नभएर उनले दशवटै पार्टी एमालेविरुद्ध एकजुट भएर आए पनि आफूहरुलाई केही फरक नपर्ने र सबैसँग मुकाविला गरेर जित हाँसिल गर्ने पनिदाबी गरे । उनले माधव नेपालहरु छोडेपछि एमाले सग्लो भएको र अहिले सही बाटोमा हिँडिरहेको पनि दाबी गरे ।

प्रतिक्रिया