Pura Samachar

एमालेलाई चलायमान गराउने नेता !

प्रकाशित: November 22, 2021
पूरा समाचार

एमालेलाई चलायमान गराउने नेता !

डा. डीआर उपाध्याय

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एमालेमा केपी शर्मा ओली नै शक्तिशाली छन् ।

भोलि पनि उनै शक्तिशाली हुने हुन् ।

एमालेको दशौं महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुँदैछ ।

दृष्टिकोण

महाधिवेशनबाट केपी शर्मा ओली नै अध्यक्ष हुने पक्का छ ।

ओलीमा नेतृत्व कौशलता छ ।

उनले सजिलै मान्छेको मन जित्छन् ।

भाषण गर्ने शैली नै उनको फरक छ ।

उनी जहाँ गएर बोल्छन्, त्यहीँ चर्चा हुन्छ ।

ओलीमा राजनीति क्षमता छ ।

ओलीका कारण नै एमाले पार्टी चर्चामा छ ।

जनआकर्षण पनि अत्यधिक बढेको छ ।

उनको सवाल अनुसारको जवाफ आउँछ ।

त्यही नै रोचक हुन्छ ।

प्रतिवाद गर्न खप्पिस छन् ।

त्यसैले पनि उनले जनता, कार्यकर्ता र नेताकै पनि मन जित्न सकेका छन् ।

हिजोको मितिसम्म ओली महाधिवेशनमा अध्यक्षको एकल उम्मेदवार हुने अवस्था थियो, तर आइतबार एमाले उपाध्यक्ष डा.भीमबहादुर रावलले पनि अध्यक्षमा उम्मेदवारी दिएपछि ओली अब एकल उम्मेदवार होइनन् ।

हिजोसम्म पार्टी उपाध्यक्ष डा. रावल ओलीको अघोषित प्रतिस्पर्धी थिए, आइतबारदेखि उनले घोषित दाबेदारी दिएका छन् ।

यसमा अरू कुनै पदमा घनश्याम भुसाल पनि अगाडि आउन सक्छन् ।

यद्यपि, एमालेभित्र ओली नै सर्बमान्य देखिएका छन् ।

उनको बिरोध गर्ने नेता भनेका भिम रावल लगायतका केही नेता छन् ।

अरु सबै ओलीको गुनगान गाउने हुन् ।

ओली बिना एमाले चलायमान हुँदैन भन्ने कुरा एमाले भित्र धेरै नेताले बुझेका छन् ।

सत्तारुढ दलसंग टक्कर लिन सक्ने भनेको नेता भनेकी ओली मात्र हुन् ।

अरुले बोल्न पनि सक्दैनन् ।

ओलीसंग सत्तारुढ दल समेत डराउँछन् ।

ओलीमा बोल्ने र तर्क गर्न सक्ने क्षमता छ, त्यो अरु नेतामा छैन ।

यति बेला ओलीले एमाले पार्टीलाई चलायमान बनाएका छन् ।

पार्टी बिभाजनपछि उनी धेरै सक्रिय छन् ।

पार्टीलाई पुरानै अबस्थामा फर्काउन उनी दिलो ज्यान दिएर लागेका छन् ।

आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने दाबी गरिरहेका छन् ।

उनी कति खेर पनि निराश हुँदैनन् ।

उनमा सधैं उर्जा छ ।

त्यो उर्जा नै उनको शक्ति हो ।

पाँच दल एकातिर उभिँदा पनि उनी छिरिक्क भएका छैनन् ।

उनी अझै एमाले शक्तिशाली छ भन्दै हिंडिरहेका छन् ।

भोलि पनि एमाले शक्तिशाली पार्टी हुन्छ भन्दै हिंडेका छन् ।

आगामी निर्वाचनपछि फेरी मूल गेटबाट सिंहदरबार छिर्ने बताइरहेका छन् ।

यो पाँच दलमाथि उनले दिएको चुनौती पनि हो हो ।

अहिले उनी देशका बिभिन्न ठाउँमा पुगेर संगठन बिस्तारमा लागेका छन् ।

आफ्ना नेता–कार्यकर्ताहरुलाई संगठन बिस्तारका लागि निर्देशन दिइरहेकै छन् ।

पार्टी पुरानो अबस्थामा फर्कन्छ की फर्कँदैन, त्यो भने अहिले यसै भन्न सकिंदैन ।

आगामी चुनावपछि त्यो कुरा सबै प्रस्ट भैहाल्छ ।

पूर्व माओवादी नेताहरुले ओलीको नै गुनगान गाइरहेका छन् ।

टोपबहादुर रायमाझी त ओलीको भक्त नै जस्तो भएर भाषण गर्दै हिंडिरहेका छन् ।

दसौं महाधिवेशनबाट पूर्व माओवादी नेताहरुको अबस्था के हुने हो त्यो हेर्न बाँकी नै छ ।

आज जुन किसिमले ओलीको गुनगान गाएर पूर्व माओवादी नेताहरु हिंडेका छन्, भोलि महाधिवेशन जितेर आफूले चाहेको पद पाउन सक्छन की सक्दैनन् ?

त्यो नै चासोको बिषय बनेको छ ।

संकटका बेला पनि ओलीलाई साथ दिने भनेका पूर्व माओवादी नेताहरु नै हुन् ।

बरु अन्य नेताहरुले असहयोग गरेका हुन् ।

सरकार ढाल्न सहयोग गरेका हुन् ।

त्यसैले आज ओलीले भीम रावल लगायतका नेताहरुलाई लखेटिरहेका छन् ।

एमाले भित्र भिम रावल लगायतका नेताहरुको भविष्य त्यति राम्रो होला जस्तो छैन ।

पार्टीमा जिम्मेवारबिहिन् हुने अबस्था देखिन्छ ।

नेपालको राजनीतिमा केपी ओली अझै केही वर्ष शक्तिशाली हुने संकेत देखिएको छ

प्रतिक्रिया