Pura Samachar

काठमाडौँका १० निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको अधिवेशन शुरु

प्रकाशित: November 22, 2021

काठमाडौँका १० निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको अधिवेशन शुरु

काठमाडौँ । काठमाडौँका १० निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको सोमवारअधिवेशन शुरु भएको छ ।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत सोमवार काठमाडौँका १० निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको हो । काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अधिकृत खटाइसकिएको काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले बताउनुभयो ।

यसअघि काठमाडौँमा शुक्रबार र शनिबार १० निर्वाचन क्षेत्रको २० प्रदेशसभामा निर्वाचन सम्पन्न भएको थियो । कांग्रेसले यसअघि काठमाडौँका १३८ वडा र ११ स्थानीय तहमा अधिवेशन सम्पन्न गरिसकेको छ ।

काँग्रेसले आगामी मङ्सिर १० गते जिल्ला अधिवेशन, मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन र मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया