Pura Samachar

आगलागीबाट लेकसाइडका पाँच पसलमा क्षति

प्रकाशित: November 22, 2021

आगलागीबाट लेकसाइडका पाँच पसलमा क्षति

पर्यटकीय सहर पोखराको लेकसाइडमा आज एकाबिहान आगलागी हुँदा पाँच पसलमा क्षति पुगेको छ। बिहान फेवाताल किनार फुटट्रयाकमा रहेको एक पसलबाट सुरु भएको आगलागीबाट सँगैका पाँच पसल जलेका हुन्।

रेष्टुराँ,खाजा पसल र जुस सेन्टरलगायतका पसलमा आगलागीले क्षति पुर्‍याएको वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक चिनिमायाँ तामाङले जानकारी दिए।

प्रहरीले आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ। दमकलको सहायतामा प्रहरी,नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए।

प्रारम्भिक अनुसन्धानमा एक करोड५० लाख मूल्य बराबरको क्षति पुगेको जनाउँदै उनले भने, ‘आगलागीबाट भएको क्षतिको मुचुल्का गर्ने काम भइरहेको छ। विद्युत् सर्ट भएर हो वा अन्य कारणबाट आगलागी भयो भनेर हामीले अनुसन्धान गरिरहेका छौँ।’रासस

प्रतिक्रिया