Pura Samachar

कोरोनाबाट विश्वभर २०६ नेपालीको मृत्यु, ९४ शव अझै विदेशमै

प्रकाशित: July 26, 2020

कोरोनाबाट विश्वभर २०६ नेपालीको मृत्यु, ९४ शव अझै विदेशमै

लन्डन । विश्वभर कोरोना भाइरसको महामारीका कारण विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २०६ पुगेको छ । नेपालमा ४५ र नेपालबाहिर १६१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो साता थप १ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा एक नेपालीको मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १ सय ६१ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमित मध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशतभन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् ।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ । यस्तै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ ।

प्रतिक्रिया